नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडाैं | फागुन ८, २०७९
काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कारोबार भएका कूल कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।
यस्तै, एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । कूल ६० लाख ९१ हजार तीन सय ५३ कित्ता शेयर रु एक अर्ब ९४ करोड ७६ लाख २३ हजार नौ सय ९३ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख सात हजार सात सय ५४ बराबर रहेको छ ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु २० करोड ८२ लाख ५६ हजार सात सय ४० बराबरको कारोबार भयो । यस्तै साल्टट्रेडिङ कर्पोरेसन रु ११ करोड ४८ लाख ४७ हजार नौ सय ४७, जीवन विकास लघुवित्त रु छ करोड ५५ लाख ५५ हजार तीन सय, एनआइसी एसिया बैङ्क रु पाँच करोड ५५ लाख ९१ हजार दुई सय एक र सानिमा बैङ्क रु चार करोड ६५ लाख ७६ हजार चार सय ६९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार राप्ती हाइड्रोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । दोर्दी खोला जलविद्युत् कम्पनी चार दशमलव १७, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ९६, कालिका पावर कम्पनी दुई दशमलव शून्य चार र एनएमबी–५० का लगानीकर्ताले दुई दशमलव शून्य दुई प्रतिशतले कमाएका छन् ।
यस्तै, जीवन विकास लघुवित्त नौ दशमलव १५, उपकार लघुवित्त सात दशमलव ४२, हिमालयन डिस्टिलरी पाँच दशमलव ३१, वीन नेपाल लघुवित्त पाँच र समिट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले चार दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

